काठमाडौं । भोटेकोसी बाढीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेज पुल शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार, अन्य बेपत्ता व्यक्तिहरूको खोजी कार्य नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भोटेकोसी र त्रिशूली नदीका दुवै किनारामा जारी राखेका छन् ।
सशस्त्र प्रहरीका अनुसार, बाढीमा तीन सुरक्षाकर्मीसहित १४ नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका थिए । हालसम्म ६ जनाको शव फेला परेको छ ।
यस्तै, पाँचवटा मानव अंग भेटिएको छ । फेला परेका शवमध्ये एक जनाको मात्र पहिचान भएको छ । बाँकी शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्























