images
images
  • अन्ततः गले बालेन, बोलाए कार्यपालिका बैठक

    काठमाडौं– लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाको बजेट प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ ।

    महानगरका मेयर बालेन साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका छन् ।

    महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ ।

    सोही दिन उपमेयर सुनिता डंगोलको नेतृत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक पनि तय गरिएको छ ।

    यी सबै प्रारम्भिक छलफलहरूपछि दिउँसो २ बजे कार्यपालिका बैठक हुनेछ ।

    बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट तयार गरी नगर सभामा पेस गर्ने निर्णय गर्ने अपेक्षा गरिएको छ ।

    महानगरको बजेट प्रक्रियामा पछिल्ला दिनमा देखिएको अन्तरविरोधका कारण नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन ।

    तर, अब प्रक्रिया नियमित हुने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images