images
images
  • त्रिवि सिनेट भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सभा (सिनेट)बिहीबारका लागि बोलाइएको छ।

    कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेट बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बिहान १० बजे बस्ने तय भएको छ। सिनेटको पत्र प्राप्त भएको उपकुलपति खड्क केसीले जानकारी दिए।

    गत १५ चैतमा केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त गर्न लागिएको हो। त्रिविका सहकुलपति एवं सिफारिस समितिका संयोजक रघुजी पन्तको नेतृत्वमा गठित समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

    बिहीबार त्रिविको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने छ । साथै ९० हजार विद्यार्थीको ग्रेस लिष्टसमेत पारित गर्ने कार्यसूची छ ।

    गत २२ असारमा सिनेट बोलाइए पनि प्रधानमन्त्री ओली हुम्ला गएकाले स्थगित गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images