images
images
  • टेक्सस बाढीमा मृत्यु हुनेको संख्या ५० पुग्यो

    काठमाडौं । अमेरिकाको टेक्ससमा ‘आकस्मिक’ बाढीमा परी मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । केर काउन्टीमा मात्र ४३ जनाको मृत्यु भएको छ । ट्राभिसमा चार र बर्नेट काउन्टीमा तीनजनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

    ज्यान गुमाएका मध्ये १५ बालबालिका हुन् । बाढीबाट केर काउन्टीमा २८ वयस्क र १५ बालबालिकाको मृत्यु भएको त्यहाँकी प्रहरी अधिकारी ल्यारी एल लिथाले बताइन् ।

    त्यहाँ बेपत्ता रहेकामा २७ किशोरी पनि छन् । उनीहरू एक ग्रीष्मकालीन शिविरमा सहभागी थिए । प्रहरी अधिकारी लिथाले सबै मानिस नभेटिएसम्म खोजी अभियान जारी राखिने बताइन् ।

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सस बाढीका बारेमा ट्रुथ सोसलमा एक पोस्टमा भनेका छन्, “ट्रम्प प्रशासन टेक्सासमा हिजो आएको भयानक बाढीपछि राहत र उद्धार कार्यका निम्ति राज्य र स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ । अमेरिकाको होमल्यान्ड सिक्योरिटी सेक्रेटरी क्रिस्टी नोएम चाँडै त्यहाँ पुग्नेछिन् ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images