images
images
  • युरोकप सेमिफाइनल समिकरण पुरा : अब कुन टिमसँग कसको भिड्न्त ?

    काठमाडौं । जारी युरोकप २०२० को सेमिफाइनल समिकरण पुरा भएको छ। शनिबार राति बाकू र रोमको रंगशालमा क्वार्टरफाइनलका खेल सम्पन्न भएसँगै युरो २०२० को सेमिफाइनल समिकरण सम्पन्न भएको हो।

    यससँगै अब लन्डनको वेम्बली रंगशालामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनको सामना गर्नेछ। यी दुई टिमको खेल नेपाली समयअनुसार राति १२:४५ सुरु हुनेछ।

    क्वार्टरफाइनलको खेलमा इटालीले विश्व नम्बर वान बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। यता स्पेनले भने पछिल्लो खेलमा स्विट्जरल्यान्डलाई हराएको थियो।

    त्यस्तै, सेमिफाइनलको अर्को खेल वेम्बलीमा नै बिहीबार राति पौने १ बजे सुरु हुनेछ त्यो खेलमा डेनमार्कले इंग्ल्यान्डको सामना गर्नेछ।

    शनिबार राति बाकूमा सम्पन्न खेलमा चेक गणन्त्रलाई हराउँदै डेनमार्कले लन्डनको यात्रा तय गरेको थियो। यता शनिबार राति नै रोममा सम्पन्न खेलमा भने इंग्ल्यान्डले युक्रेनलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।

    सेमिफाइनलको विजेता दुई टिमले फाइनल खेल जुलाई १२ मा वेम्बली रंगशालामै खेल्ने छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images