images
images
  • इन्डोनेसियामा ६५ यात्रु सवार डुङ्गा डुब्यो

    काठमाडौं : इन्डोनेसियाको बालीमा ६५ यात्रु बोकेको फेरी डुङ्गा डुबेको छ। जसमा ४ जनाको मृत्यु भएको छ भने २३ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

    गएराति भएको दुर्घटनामा बाँकी यात्रु बेपत्ता भएका छन्। अधिकारीहरुका अनुसार बालीस्थित रिसोर्ट टापुबाट करिब ५० किलोमिटर टाढा रहेको अर्को टापु जाँदै गरेको फेरी डुङ्गा डुबेको हो। यो फेरि भनिने गाडीहरु बोक्ने डुङ्गामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य रहेको बताइएको छ।

    यस्तै डुङ्गामा १४ वटा ट्रकसहित २२ वटा गाडी अर्को टापुमा लगिँदै थियो। डुङ्गा दुर्घटनामा बेपत्ता भएका बाँकी यात्रुको जिवित्तै उद्धारको सम्भावना कम रहेको अधिकारीहरुले जनाएका छन्।

    १७ हजार टापुहरु रहेको इन्डोनेसियामा यस्ता दुर्घटना नियमित रुपमा भइरहने गरेको अधिकारीहरु बताउँछन्। सन् २०२२ मा नुसा टेंगारा प्रान्तमा ८ सय जना यात्रु सवार यस्तै गाडीहरु बोक्ने डुङ्गा अनियन्त्रित भएको थियो। तर त्यतिबेला सबै सकुसल रहेका थिए। सन् २०१८ मा सुमात्रा टापुमा यस्तै दुर्घटना डुब्दा १ सय ५० जनाको मृत्यु भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images