काठमाडौँ : यामाहा नेपालले यामाहा ग्लोबलको ७० औँ वार्षिकोत्सव मनाएको छ। हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने यामाहा डेको अवसरमा यो वर्ष Bridging Old and New, Through Kando Actions भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशकको यात्रालाई स्मरण गरिएको हो।
एमएडब्लू फाउणडेसनको नेतृत्वमा यामाहा ब्लु स्क्वायर नक्साल शोरूममा रक्तदान कार्यक्रम,आयोजना गरियो। यस्तै दिगोपनको प्रतिबद्धताअनुरूप फ्याक्ट्री परिसर (एमएडब्लू अटो) मा वृक्षरोपण गरियो। यस्तै काठमाडौँको नि:सहाय सेवा सदन, शान्तिनगर वृद्धाश्रममा सामुदायिक सेवासम्बन्धी गतिविधिले ‘समाजलाई योगदान गर्ने’ दर्शनलाई जीवन्त बनाएको कम्पनीको दाबी छ। त्यस्तै, देशभरका यामाहा सोरूमहरूमा केक काट्ने कार्यक्रम गरियो। यसले ग्राहक, साझेदार र कर्मचारीहरूलाई एकै ठाउँमा जोड्ने काम गरेको बताइएको छ। साथै, टेकस्पाएर कलेजमा स्नातक तहका विद्यार्थीहलक्षित सडक सुरक्षा तालिम पनि प्रदान गरियो। गरियो। यस्तै यामाहा ब्लुस्ट्रिक्स राइडआउट जस्ता कार्यक्रम पनि सम्पन्न भयो।

एमएडब्लू राइड्सको नेतृत्वमा सञ्चालन भइरहेको यामाहा नेपाल देशकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्राण्ड बनेको कम्पनीले बताएको छ। अत्याधुनिक जापानी प्रविधि, भरपर्दो पर्फर्मेन्स र उत्कृष्ट आफ्टर सेल्स सर्भिसको संयोजनमार्फत यामाहाले सधैँ पर्फर्मेन्स, स्टाइल र ग्राहक सन्तुष्टिको मापदण्ड तय गर्दै आएको छ। ब्रान्डले दक्ष जनशक्ति उत्पादन र ग्राहकको सम्पूर्ण अनुभवलाई अझ प्रिमियम बनाउने प्रतिबद्धतासहित नेपालको प्रत्येक कुनामा आफ्नो उपस्थिति बलियो बनाउँदै लगिरहेको उसको भनाइ छ।


विश्व खबर 




















