images
images
  • ट्रम्पको चेतावनी: अनुदान रोकियो भने मस्कले कम्पनी बन्द गर्नुपर्नेछ र अफ्रिका फर्कनुपर्नेछ

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि टेस्लाका सीईओ इलोन मस्कविरुद्ध आक्रोश पोखेका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेकाछन्, ‘यदि मस्कलाई दिइने अनुदान रोकियो भने उनले आफ्नो पसल (कम्पनी) बन्द गर्नुपर्नेछ र दक्षिण अफ्रिका फर्कनु पर्नेछ।’

    ट्रम्पले अगाडि लेखेका छन्, ‘अनुदान रोकिएपछि न त टेस्लाले विद्युतीय कार उत्पादन गर्न सक्नेछ, न त स्पेसएक्सको रकेट, उपग्रह प्रक्षेपण हुनेछ।’

    ट्रम्पको दाबीअनुसार मस्कले सरकारी अनुदानका रूपमा यति धेरै पैसा प्राप्त गरेका छन्, जुन सम्भवत: अरू कसैले पाएका छैनन्।

    ट्रम्पले मंगलबार भनेका छन्, डजले यस विषयमा विस्तृत रूपमा अनुसन्धान गर्नुपर्छ। यसले देशको पैसा बचत गर्नेछ।

    अमेरिकी संसदं‌को माथिल्लो सदन सिनेटले मंगलबार कर र खर्च विधेयक पारित गरेको छ।

    अमेरिकाको सरकारी दक्षता विभाग (डज) को नेतृत्वबाट बाहिरिएपछि मस्कले त्यही विधेयकको आलोचना गर्दा यसअघि पनि ट्रम्पसँग सामाजिक सञ्जालमा भनाभन परेको थियो।

    तर बीचमा मस्कले माफी मागेपछि वाकयुद्ध रोकिएको थियो। अहिले फेरि सुरु हुन लागेको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images