images
images
  • म्यानचेस्टर सिटीलाई हराउँदै अल हिलाल अन्तिम आठमा, इन्टर मिलान पनि बाहिरियो

    फिफा क्लब विश्वकप २०२५ अन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटी बाहिरिएको छ।

    अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोमा भएको खेलमा सिटीलाई साउदी अरेबियन क्लब अल हिललाले थप समय पुगेको खेलमा ४-३ गोलको जित निकाल्यो।

    खेलमा सिटीले नवौं मिनेटमा बेर्नान्डो सिल्भाको गोलबाट अग्रता लियो। हिलालका लियोनान्द्रोले ४६ मिनेटमा बराबरी गोल गरे। ५२ मिनेटमा माल्कोमले गोल गरेपछि हिलालले अग्रता लियो।

    सिटीका लागि हाल्यान्डले ५५ मिनेटमा बराबरी गोल गरे।

    निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि ३० मिनेट थपिएको खेलमा हिलालले ९४ मिनेटमा काउलीबलीको गोलबाट अग्रता लियो। तर फेरि सिटीका लागि फिल फोडेनले १०४ मिनेटमा बराबरी गोल गरे।

    ११२ मिनेटमा हिलालका लियोनान्द्रोले टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरेर टोलीलाई जिततर्फअघि बढाए।

    यता ब्राजिलियन क्लब फ्लुमिनेसेले इटालियन क्लब इन्टर मिलानलाई २-० गोलले हराउँदै अन्तिम आठमा पुगेको छ।

    अब सेमिफाइनल पुग्न अल हिलाल र फ्लुमिनेसेबीच खेल हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images