तपाईँ व्यवसाय गर्न चाहानुहुन्छ ? तपाईँसँग इच्छाशक्ति र सिप छ तर पैसा छैन । चिन्ता नलिनुस् नबिल बैंकलाई तपाईँले आफ्नो साथमा पाउनु हुनेछ ।
स्वयम्भूमा कविर कलेक्सन सञ्चालन गरिरहेकी विनिता गुप्तालाई व्यवसाय विस्तार गर्नुथियो । अध्ययन र व्यवसायलाई एकैसाथ अघि बढाइरहेकी उनले नबिल बैंकबाट करिब डेढ बर्षअघि १५ लाख रुपैयाँ कर्जा प्राप्त गरिन् ।कर्जाका लागि अन्य बैंकहरूमा प्रोसेस गरे पनि नबिल बैंकबाट समयमै कर्जा पाएपछि व्यवसाय विस्तार गरेको उनले बताइन् ।
उनी भन्छिन्, “कर्जा पाएपछि व्यवसाय विस्तार गरेँ । सामानहरू थपेँ जसले मेरो आम्दानी पनि बढ्न पुग्यो ।” उनले एक जनालाई रोजगारीसमेत दिएको जानकारी दिइन् । यसैगरी, ललितपुर महानगरपालिका–११ तलाछेँमा होमस्टे सञ्चालन गरिरहेकी सरिता अवाले पनि आफ्नो उद्यमी बन्ने सपनालाई नबिल बैंकले आकार दिएको बताउँछिन् ।
श्रीमानसँग मिलेर व्यवसाय सञ्चालन गर्ने भए पनि अवाले दम्पत्तीसँग लगानी भने पर्याप्त थिएन । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ उनले आफ्नो योजना नबिल बैंकलाई सुनाइन् । उनले नबिल बैंकसँग कर्जा सुविधा लिएको करिब ६ महिना भयो । नबिल बैंकले सहजै कर्जा दिएर व्यवसाय सञ्चालन गर्न ठूलो मद्दत पुगेको उनी बताउँछन् । भन्छिन्, “आफूसँग केही पैसा भए पनि एकैपटक व्यवसाय सुरु गर्न रकम अभाव भयो । कर्जा पाएर धेरै सुविधा पाइयो ।” ललितपुरमा नरसिंह हाउस प्रा.लि. सञ्चालन गरिरहेकी अवाले दम्पत्तीले ५ जनालाई रोजगारीसमेत दिइरहेका छन् । बिनिता र सरिताले मात्रै होइन नबिल बैंकबाट यो कर्जा सुविधा लिएर व्यवसाय गरेका महिलाहरूको सङ्ख्या चार सयभन्दा बढी रहेको बैंकले जनाएको छ ।
हालसम्म कति भयो लगानी ?
नबिल बैंक लिमिटेडले २०७८ सालदेखि निरन्तर रूपमा महिला व्यवसायीहरूलाई ‘महिला उद्यमी कर्जा’ उपलब्ध गराउँदै आएको छ । बैंकले हालसम्म यो कर्जा सुविधा लिने महिलाहरूको सङ्ख्या करिब ४३२ जना रहेको जानकारी दिएको छ । बैंकले यो कर्जा सुविधा अन्तर्गत कुल लगानी ७० करोडभन्दा बढी गरेको छ भने करिब ४६ करोड रुपैयाँ उठ्न बाँकी रहेको बैंकका म्यानेजर मनोज यादव बताउँछन् ।
कति पाइन्छ कर्जा ?
नबिल बैंक लिमिटेडले महिलाहरूको उद्यमशीलता र आर्थिक सशक्तीकरणमा प्रोत्साहन गर्नका लागि विभिन्न कर्जा योजनाहरू सञ्चालनमा ल्याएको छ । ती योजनाहरूको उद्देश्य महिला उद्यमीहरूलाई व्यवसाय सञ्चालन विस्तार तथा वित्तीय पहुँचमा सहयोग पुर्याउने हो ।
नबिल बैंकले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यले ‘महिला उद्यमी कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।
महिलाको स्वामित्वमा सञ्चालित व्यवसायलाई प्रोत्साहन गर्न बैंकले यो योजना सञ्चालनमा ल्याएको हो । महिलाको ५० प्रतिशत स्वामित्व रहेको, वैधानिक निकायमा दर्ता भएको उद्योगहरूलाई नबिल बैंकले अधिकतम् २० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको छ ।
बैंकले व्यवसायको प्रकृतिअनुसार कर्जा उपलब्ध गराउँछ । आवश्यकताअनुसार किस्ता किस्तामा कर्जा सुविधा लिन सकिन्छ भने एकैपटक २० लाख रुपैयाँ पनि लान सकिन्छ ।
कसरी लिने कर्जा सुविधा ?
यदी तपाईँसँग व्यवसाय गर्ने इच्छाशक्ति र सिप तर लगानी छैन भने योजना बनाउनुस् । तपाईँ कस्तो किसिमको व्यवसाय गर्दै हुनुहुन्छ ? कहाँ कहाँबाट कति लगानी जुटाउनु हुन्छ ? व्यवसायमा आउन सक्ने सम्भावित जोखिमहरू केके हुन् ? त्यसको लेखाजोखा गर्नुस् ।
व्यवसायलाई फाइदामा लाने रणनीतिहरू बनाउनुस् । तपाईँले योजनासहितको प्रस्ताव लिएर बैंकमा जानु भएमा व्यवसायको प्रकृति र धितोको आधारमा नबिल बैंकले लगानी गर्नेछ । कागजपत्र पूरा गरेको खण्डमा बैंकले ७ कार्यदिन भित्र नै कर्जा स्वीकृत गरिदिन्छ ।
बैंकहरूले पछिल्लो समय यस्तो सेवा सुविधा थप गरेसँगै काम गर्ने इच्छा र सिप भएको अवस्थामा पैसाकै कारणले उद्यमशील बन्नबाट बञ्चित हुनुपर्ने अवस्था छैन । यसरी सहजै बैंकबाट कर्जा लिएर आफ्नो सिपको सदुपयोग गर्न सकिन्छ । साथै, रोजगारीसमेत सिर्जना गर्न सकिन्छ ।
धितो र कर्जा तिर्ने अवधि
नबिल बैंकबाट लिएको ‘महिला उद्यम कर्जा’ ८ बर्षसम्म भुक्तानी गर्नुपर्नेछ । यो कर्जा प्राप्त गर्न उद्यम व्यवसाय वा जग्गा पनि धितोमा राख्नुपर्ने हुनसक्छ । कम्पनीका प्रोपाइटर, पार्टनर वा प्रवर्द्धकको ग्यारेन्टी तथा जमानीकर्ता आवश्यक पर्ने बैंकले जनाएको छ । यो कर्जा लिएपछि मासिक किस्ता भने प्रत्येक महिनाको अङ्ग्रेजी क्यालेन्डरअनुसार २० तारिखमा बुझाउनुपर्नेछ ।
कर्जा भने व्यवसायको प्रकृतिअनुसार एकमुष्ट वा किस्ताबन्दीमा तिर्न सकिनेछ । व्यवसायबाट भएको आम्दानीको ८० प्रतिशत रकम किस्ता बुझाउनु पर्ने हुन्छ । बाँकी २० प्रतिशत रकम भने घर खर्च वा अन्य उद्यमीले आवश्यकताअनुसार खर्च गर्न सक्छन् । तिर्ने अवधि नसकिदैँ लोन सेटल गर्न चाहानेलाई त्यस्तो व्यवस्था पनि छ । जसले गर्दा तपाईँलाई ब्याजको बोझ कम हुन्छ ।
अहिले अधिकांश बैंकमा ब्याजदर घटेको अवस्था छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको मापदण्डअनुसार नै ब्याजदर निर्धारण गरिएको छ । नबिल बैंकले अधितम् आधारदरमा २ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर तोकिएको जनाएको छ ।
निराशालाई आशामा बदल्दै नबिल बैंक
नबिल बैंक लिमिटेडले केही बर्ष यता महिला तथा युवाहरूको शसक्तिकरणका ठूलो लगानी गर्दै आएको छ । यसले क्षमता अभिवृद्धिमा मात्रै नभई मुलुककै अर्थतन्त्रमा योगदान पुर्याइरहेको छ ।
व्यवसाय गर्दा परिवारका सदस्य वा अन्य व्यक्तिको पनि सहयोग आवश्यक हुन्छ । जसले गर्दा व्यवसाय गर्ने व्यक्ति मात्रै नभई उसको परिवार र अन्य व्यक्तिहरूको समेत आर्थिक तथा सामाजिक विकासमा सहयोग पुगिरहेको छ ।
यस्तो कर्जा सुविधाले हेल्पिङ ह्याण्डको रूपमा काम गर्ने महिलाहरूलाई आत्मनिर्भर बनाइरहेको छ । आफ्नो नाममा कर्जा प्राप्त गर्ने भएपछि निर्णायक तहमा महिलाको भूमिका महत्त्वपूर्ण रहन्छ । साथै, व्यवस्थापनमा समेत महिलाको क्षमता अभिवृद्धि हुन्छ ।
महिला र युवाहरू समाजका रोलमोडल हुन् । नेपालमा पढेर/सिकेर केही हुँदैन भन्ने भाष्यलाई चिर्न नबिल बैंकले यस्ता विभिन्न किसिमका कर्जा सुविधा ल्याएको म्यानेजर यादव बताउँछन् । युवा र महिलाहरूलाई ‘होप’ देखाएको खण्डमा परिवार र समाज नै परिवर्तन गर्न सकिन्छ । केही गर्नका विदेश नै जानुपर्छ भन्ने विचारलाई परिवर्तन गर्न, निराशालाई आशामा बदल्न नबिल बैंकले विशेष भूमिका खेलिरहेको छ । विश्वमा दैनिक नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको छ ।
जसलाई पछ्याउन मात्रै सकियो भने व्यवसायमा सफल हुन सम्भव छ । उद्यम गर्नका लागि इच्छाशक्ति, सिप र लगानीसँगै राम्रो वातावरण पनि आवश्यक हुन्छ । कोभिडभन्दा पछाडि बजारमा मन्दी आयो । व्यापार व्यवसायहरू सुस्ताए ।
यद्यपि, कर्जा पछिल्लो समय भने वातावरण सकारात्मक बन्दै गइरहेको छ । उद्यमीहरूले कर्जा सुविधा मात्रै लिने मात्रै हैन आफ्नो क्षमता पनि अभिवृद्धि गर्ने र समयअनुसार व्यवसायलाई परिमार्जन गर्दै लाने हो भने छोटो समयमा नै स्थापित हुनसक्छ । साथै, यसले नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज पनि दिन्छ ।
निजी क्षेत्रको अग्रणी नविल बैंक
सन् १९८४ मा स्थापना भएको नबिल बैंक अहिले ४०औँ बसन्तमा छ । हाल नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसा पौड्याल छ्न् भने प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली हुन् ।
ग्राहकको सुविधा र सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर नेपालको बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाउन सफल यो बैंकले पछिल्लो समय महिलाहरूको आर्थिक सशक्तिकरणका लागि विशेष योजना, वातावरणमैत्री परियोजनाहरूमा लगानी गरिरहेको छ ।
साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत, शिक्षा, स्वास्थ्य, उद्यमशीलतालगायतका क्षेत्रमा पनि बैंकले योगदान पुर्याइरहेको छ । नेपालमा विश्वासिलो, दिगो र डिजिटल बैंकिङ सेवा प्रदान गर्नेमध्यको अग्रणी नबिल बैंकले हाल २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।
नेपालको बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका निर्वाह गर्ने नबिल बैंक नेपाली बैंकिङ क्षेत्रको इतिहासमा कोसेढुङ्गा सावित भएको छ । नेपालको निजी क्षेत्रको अग्रणी नविल बैंकको देशभर २६८ शाखा र ३२० एटिएम मेसिन रहेको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्