images
images
  • गोंगबुमा खुल्यो यामाहा नेपालको थ्री एस सोरूम

    काठमाडौँ : यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ थ्री एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रालि’ को उद्घाटन गरेको छ।

    टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपालकुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालको उपस्थितिमा सोरुमको औपचारिक उद्घाटन गरिएको हो।

    नयाँ शोरुमको सञ्चालनले यामाहाको देशभरका ग्राहकसम्म सजिलै पुग्ने, सेवाको गुणस्तर सुधार्ने र ग्राहक सन्तुष्टिलाई बढावा दिने प्रतिबद्धतालाई थप बलियो बनाएको छ। एकै छानामुनि ग्राहकले विस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्स एकै स्थानमा पाउन सक्नेछन्।

    नयाँ सोरुम आरम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको बताएको छ। अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन्। एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, इनोभेसन र ग्राहक सन्तुष्टिको प्रतिबद्धता मार्फत नेपाली दुईपांग्रे बजारको अगुवाइ गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images