images
images
  • देउवाको घरमा कांग्रेस पदाधिकारीहरू, सत्तापलटबारे छलफल होला ?

    काठमाडौं– प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारीहरूको बैठक सुरु भएको छ ।

    केहीबेर अघि सुरु भएको बैठकमा केन्द्रीय बैठकको एजेन्डा तय गर्न बैठक बसेको कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

    उनका अनुसार भोलि बस्ने केन्द्रीय समितिको एजेण्डा तय गर्न पदाधिकारी बैठक बूढानीलकण्ठमा बसेको हो ।

    यसका साथै आगामी आर्थिक वर्षको बजेट, मधेसको सत्ता फेरबदलबारे पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images