images
images
  • देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशभर आइतबार (असार १५) साधारणदेखि पूर्णतया बदली (बादल/वर्षा) रहने पूर्वानुमान छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशका अरू धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ,” आइतबार बिहान जारी महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    यस दिन राति पनि देशभर साधारणदेखि पूर्णतया बदलीको पूर्वानुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    अरू धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

    गए राति र आज बिहान काठमाडौंसहित धेरै स्थानमा वर्षा भएको छ । मौसमविद्ले आइतबार (असार १५) र सोमबार (असार १६) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा ‘धेरै भारी’ वर्षाको सम्भावना औँल्याएका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

    प्रतिक्रिया दिनुहोस्

    images