काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार १७७ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८१ हजार ३८५ जना, जीपीए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जीपीए २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, जीपीए २.० देखि २.४ सम्म चार हजार १२६ जना, जीपीए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।
यस्तै, १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या एकलाख ६७ हजार ५९७ छ ।
०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्





















