काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
अहिले राष्ट्रिय परीक्षा बोर्डको कार्यालय, भक्तपुरमा बोर्ड बैठक जारी छ। बैठक सकिएपछि आजै नतिजा सार्वजनिक गरिने तयारी छ ।
यसअघि परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ ५:३० बजे नतिजा सार्वजनिक गर्ने जानकारी दिएका थिए ।
तर, बैठक ढिलो सुरु भएको कारण नतिजा सार्वजनिक गर्न केही समय थप लाग्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्





















