काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक गणेश भट्टका अनुसार केहीबेरअघि सम्पन्न राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज साँझ नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । बोर्डले सबै तयारी पूरा गरिसकेको जानकारी पनि उनले दिए ।
२०७८ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो । नियमित श्रेणीमा ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए । दुवै गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्





















