काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको निर्णय लिन आज (असार १३ गते) बोर्डको बैठक बस्ने तयारी गरिएको छ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशित गर्नुअघि बोर्ड बैठकको आवश्यक निर्णय प्रक्रियामा पुगेको बताए। “नतिजा अन्तिम चरणमा छ, तर औपचारिक निर्णय आजको बैठकपछि मात्रै हुन्छ,” उनले भने।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न बैठक आज बस्ने भए पनि समय निर्धारण नभएको जानकारी दिए।
२०७८ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। यसपटक नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
बोर्डको बैठक सम्पन्न भएपछि छिट्टै नतिजा सार्वजनिक गरिने तयारी छ।





















