images
images
  • अन्डमान सागरमा बिहानै भूकम्प

    बुधबार बिहानै अन्डमान सागरमा भूकम्प गएको छ।

    भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार, अन्डमान सागरमा २० किलोमिटर गहिराइमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।

    यो खबर प्रकाशन गर्दासम्म कुनै हताहत वा क्षतिको रिपोर्ट प्राप्त भइसकेको छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images