images
images
  • इरानमा अमेरिकाले गरेको आक्रमणप्रति इस्लामिक देशहरूको संगठनद्वारा गम्भीर चिन्ता प्रकट

    इस्लामिक देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले अमेरिकाले इरानका आणविक स्थलमा गरेको आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरेको छ।

    ओआईसी महासचिवालयले विज्ञप्ति जारी गरी इस्लामिक गणतन्त्र इरानका आणविक स्थलहरूमा अमेरिकाको हमलाले मध्यपूर्व क्षेत्रमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको हो।

    ओआईसीले भनेको छ, ‘अमेरिकी आक्रमणले क्षेत्रमा तनाव खतरनाक रूपमा बढाउन सक्छ, जसले क्षेत्रीय सुरक्षा, शान्ति र स्थिरतामा खतरा निम्त्याउन सक्छ।’

    ओआईसी महासचिवालयले २०२५ जुन १३ को वक्तव्यलाई सम्मरण गरेको छ, जसले इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूको उल्लंघननको निन्दा गरेको थियो।

    विज्ञप्तिमा तनाव कम गर्न, संयम अपनाउन, वार्तामा फर्कन र शान्तिपूर्ण उपायमा फर्कन अपिल पनि गरिएको छ।

    अमेरिकाले शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको हो।

    जसविरुद्ध चीन र रुसले पनि कडा निन्दा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images