images
images
  • इजरायली प्रधानमन्त्री नेतान्याहुको चेतावनी- इरानले ठूलो मूल्य चुकाउनुपर्छ

    बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका छन् ।

    ‘आज बिहान इरानका ‘आतङ्ककारी तानाशाह’हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् । हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौँ,’ नेतन्याहूले बिहीबार एक्समा गरेको एक पोस्टमा उल्लेख छ ।

    इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान दर्जनौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो ।

    अस्पतालका निर्देशक श्लोमी कोदेशले केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको र ४० जना घाइते भएको जानकारी दिए ।

    उनले भने, ‘धेरै वार्डहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र सम्पूर्ण अस्पतालमा व्यापक क्षति पुगेको छ र मेडिकल केन्द्रका भवन, झ्याल, छतलगायतका अन्य संरचनाहरूमा क्षति पुगेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images