images
images
  • काठमाडौँबाट ३८ यात्रु लिएर नेपालगन्जतर्फ जाँदै गरेको बस विनयी खोलाले बगायो, यात्रु सकुशल

    काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ।

    ३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो।

    बस बाढीले बगाए पनि त्यसमा सवार सबै (तीनजना शिशुसहित ३८ जना)यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए।

    बाढीले बगाएको बस घटनास्थलबाट एक किलोमिटर तल फेला परेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images