images
images
  • युद्धग्रस्त इरानबाट उद्धार गरिएका ११० भारतीय विद्यार्थी आइपुगे दिल्ली

    युद्धग्रस्त इरानबाट अर्मेनिया पुगेका १०० भन्दा बढी भारतीय विद्यार्थी लिएर पहिलो उडान बिहीबार बिहान दिल्ली आइपुगेको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्धु’अन्तर्गत मंगलबार इरानबाट ११० जना भारतीय विद्यार्थी सीमा पार गरेर आर्मेनिया पुगेका थिए।

    तिनैलाई लिएर पहिलो उडान बिहीबार बिहान भारत आइपुगेको हो। बाँकी सबै विद्यार्थीहरूलाई चाँडै उद्धार गरिने भारतले जनाएको छ।

    इरानबाट भारतीय नागरिक बाहिर निकाल्न भारतले ‘अपरेसन सिन्धु’ सुरु गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images