अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पाकिस्तानलाई माया गर्ने बताएका छन्।
ह्वाइट हाउसबाहिर बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “मैले पाकिस्तानसँगको युद्ध रोकेको छु। म पाकिस्तालाई माया गर्छु।”
यस्तै ट्रम्पले भने, “मोदी एक अद्भूत व्यक्ति हुन्।”
ट्रम्पले बुधबार मोदीसँग कुरा गरेको जानकारी दिँदै अब भारतसँग व्यापार सम्झौता गर्न सकिने जानकारी पनि दिए।
बुधबार ट्रम्प र माेदीबीच फोनवार्ता भएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















