images
images
  • थाहा छ- इरानका सर्वोच्च नेता कहाँ छन्, तर अहिले नै मार्दैनौँ: ट्रम्प

    इजरायलसँग लडिरहेको इरानविरुद्ध अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोश पोखेका छन्।

    इरानको आलोचना गर्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धेरैवटा पोस्ट गरेका छन्।

    पछिल्लो पोस्टमा उनले लेखेका छन्, ‘निःसर्त आत्मसमर्पण।’ ट्रम्पले अर्को पोस्टमा ट्रम्पले लेखेका छन्, ‘हामीलाई थाहा छ- इरानका ‘सर्वोच्च नेता’ कहाँ छन्, तर हामी उनलाई अहिले नै मार्ने छैनौँ।’

    उनले अगाडि लेखेका छन्, ‘हामीलाई राम्ररी थाहा छ- तथाकथित ‘सर्वोच्च नेता’ कहाँ लुकेका छन्। उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन्।’

    उनले अब धैर्य टुट्दै गएको पनि उल्लेख गरेका छन्।

    यसको केही मिनेटअघि ट्रम्पले भनेका थिए, ‘अब इरानको आकाशमा हाम्रो पूर्ण नियन्त्रण छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images