images
images
  • यी जिल्लाका नदीमा आज बहाव बढ्ने

    काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    यस दिन भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर, पाल्पा र रुपन्देहीमा महाशाखाले बाढीको मध्यम जोखिम औँल्याएको छ ।

    पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, काभ्रे, मकवानपुर, काठमाडौं, नवलपुर पश्चिम, अर्घाखाँची, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा भई बहने अधिकांश साना नदीमा पनि बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।

    अबका तीन दिन कोसी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, वाग्मती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । नारायणी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने महाशाखाको पूर्वानुमान छ ।

    b1 1750132328

    प्रतिक्रिया दिनुहोस्
    images
    images