images
images
  • इरानले इजरायलमा हान्यो मिसाइल

    काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको बताएको छ । आईडीएफले एक्स पोस्टहरूको श्रृंखलामा जानकारी दिएको छ, “इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको छ, त्यसपछि यी क्षेत्रहरूमा हवाई साइरन बज्न थालेको छ ।”

    आईडीएफका अनुसार क्षेप्यास्त्र आक्रमणपछि लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानहरूमा आश्रय लिनु परेको थियो ।

    अर्कोतर्फ रोयटर्स समाचार एजेन्सीका अनुसार इरानी मिडियाले तेहरानमा धेरै विस्फोटहरू भएको र वायु रक्षा प्रणालीले भारी गोलाबारी गरेको रिपोर्ट गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images