images
images
  • चीनले आफ्ना नागरिकलाई भन्यो– जतिसक्दो चाँडो इरान छोड्नू

    काठमाडौं । इजरायल र इरानबीच हमलाहरू जारी रहँदा चीनको इजरायलस्थित दूतावासले मंगलबार आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ देश छोड्न आग्रह गरेको छ ।

    “चीनको इजरायल मिसनले चिनियाँ नागरिकलाई व्यक्तिगत सुरक्षा ग्यारेन्टी गर्न सकिने अवस्थामा जमिनी सीमा नाकाबाट छिटो इरानबाट निस्कन अनुरोध गर्छ,” दूतावासले सामाजिक संजाल विच्याटमा जारी वक्तव्यमा उल्लेख गरेको छ ।

    बीबीसीका अनुसार चिनीयाँ नागरिकलाई इरानबाट जोर्डनतर्फ निस्कन सिफारिस गरेको बताइएको छ ।

    बेइजिङको दूतावासले मंगलबार संघर्ष निरन्तर बढ्दै गरेको भन्दै भन्यो, “धेरै पूर्वाधारहरू क्षतिग्रस्त भएका छन् । नागरिक हताहात बढ्दै गइरहेको छ । सुरक्षा अवस्था बढ्दो गम्भीर हुँदै गइरहेको छ ।” बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images