इजरायलले सोमबार बिहान इरानको फोर्डो आणविक केन्द्रनजिकै भीषण आक्रमण गरेको छ। इरानी सहर कोमबाहिर फोर्डो आणविक केन्द्रमा ठूलो विस्फोटको आवाज सुनिएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्फोटका कारण आणविक केन्द्र वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको थियो।
यसैबीच आणविक केन्द्रनजिकै २.५ रिक्टर स्केलको भूकम्प मापन गरिएको छ। इजरायलले गराएको ठूलो विस्फोटकै कारण भूकम्प गएको अनुमान गरिएको छ।
प्रत्यक्षदर्शीका अनुसार फोर्डो आणविक केन्द्र वरिपरि धेरै विस्फोटका आवाज सुनिएका थिए र जमिनमा भूकम्पजस्तो शक्तिशाली कम्पन महसुस गरिएको थियो।
इरानले पनि बदलामा इजरायलविरुद्ध लगभग १०० क्षेप्यास्त्र प्रहार गरेको छ। इजरायल र इरानबीचको लडाइँ सोमबार चौथो दिनमा प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















