images
images
  • इरानले सोमबार बिहान इजरायलमा गरेको आक्रमणमा १२ जना घाइते

    इजरायलको आपत्‌कालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले सोमबार बिहान इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएको बताएको छ।

    एमडीएले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, ‘अहिलेसम्म एमडीए टोलीहरूले रकेट आक्रमणपछि १२ जना घाइतेलाई अस्पताल पुर्‍याएका छन्। एमडीएले तेल अभिभमा खोजी जारी राखेको छ। थप जानकारी चाँडै दिइनेछ।’

    इजरायलको सार्वजनिक प्रसारक ‘कान’का अनुसार, हाइफा सहरमा इरानले गरेको आक्रमणमा पनि धेरै जना घाइते भएका छन्।

    हाइफा तेल अभिभबाट लगभग ९० किलोमिटर टाढा छ। यो इजरायलको प्रमुख बन्दरगाह हो।

    इजरायल रक्षा बल (आईडीएफ) का अनुसार, इरानले सोमबार बिहान इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images