images
images
  • पत्रकार महासङ्घ बागमतीले प्रदेश प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण

    हेटौडा । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ प्रदेशसभा सदस्यलाई ध्यानाकर्षणपत्र पठाएको छ ।

    प्रदेश सरकारले आमसञ्चारगृह सञ्चालन गर्न बजेट विनियोजन गरेको प्रति असहमति जनाउँदै महासङ्घले सबै प्रदेशसभा सदस्यलाई ध्यानाकर्षणपत्र पठाएको हो ।

    पत्रकार महासङ्घ बागमती प्रदेश समितिका उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले बिहीबार केही प्रदेशसभा सदस्यलाई भेटेर र अन्य सांसदलाई संसदीय दलको कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो ।

    महासङ्घले सभामुख, उपसभामुख, संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सदस्यलाई ज्ञापनपत्र बुझाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images