images
images
  • होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच छुट सम्झौता

    काठमाडौं : पोखरा महानगरपालिका–३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेड बीच सम्झौता भएको छ।

    बैंकका ग्राहक तथा कर्मचारीहरुलाई होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

    प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन्।

    सम्झौता पत्रमा होटेलका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरे।

    प्रतिक्रिया दिनुहोस्

    images