images
images
  • ललितपुरको भट्टेडाँडामा पहिरो खस्यो , सवारीसाधन रोकिए, मेलम्चीमा बाढीको सूचना दिने साइरन

    काठमाडौं । ललितपुरको भट्टेडाँडामा पहिरो खसेको छ । पहिरोले चापागाउँ–भट्टेडाँडा भएर चल्ने सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।

    यस्तै, ललितपुरकै वाग्मती गाउँपालिका र मकवानपुरको गढीमा खसेको पहिरोका कारण काठमाडौंबाट मकवानपुरतर्फ जाने–आउने सवारीसाधनको आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    उता सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ । साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ ।

    यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो क्षति भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images