images
images
  • युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट , भिड्दैछन् यी चार टिम

     

    काठमाडौँ । युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । जसअन्तर्गत आज दुई खेल हुने भएका हुन् ।

    पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन् । स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

    स्विट्जरल्यान्डले विश्वकप विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो भने स्पेनले क्रोसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । दुबै टिमको नजर सेमिफाइनलमा पुग्नु हुनेछ । त्यसका लागि स्विट्जरल्यान्ड र स्पेन जित निकाल्न चाहन्छन् ।

    बेल्जियम र इटालीबीचको दोस्रो क्वाटरफाइनल खेल जर्मनीको एलिनाज स्टेडियममा राति १२ः४५ बजे सुरु हुनेछ । फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको थियो भने प्रि-क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

    उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

     

    euro 20

    प्रतिक्रिया दिनुहोस्
    images
    images