
काठमाडौं – कैलालीमा प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी राजकुमार सिंहका अनुसार पक्राउ पर्नेमा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा मिलन चन्द र रिदम ढुंगाना छन्।
डिएसपी सिंहका अनुसार फरार रहेका ती दुईलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि प्रहरीले गोली चलाएको थियो। गोली प्रहारपछि दुवैलाई पक्राउ गरिएको हो।
खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा लागेका उनीहरू फरार थिए । कैलालीले प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको थियो । पक्राउ परेर ल्याउने क्रममा भजनी गाउँपालिका–७ मा आएपछि पिसाब फेर्ने क्रममा उनीहरू फरार भएका थिए ।
त्यसपछि नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले बताएको छ । त्यति गर्दा पनि उनीहरू फरार भएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रवक्ता सिंहले बताए ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्