काठमाडाैं । पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको शव सडकमा रगतसहित फेला परेको छ ।
स्थानीयले बिहान ५ बजे प्रहरीलाई खबर गरेका थिए । शवको अनुहार र शरीरमा गम्भीर चोट देखिएको र घटनास्थलमै हत्या भएको पुष्टि हुने कास्की प्रहरीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
शव नजिकै हथौडा फेला परेपछि हत्या त्यहीँ भएको अनुमान गरिएको छ । तर मृतकको परिचय खुल्ने कुनै कागजात भेटिएको छैन ।
न स्थानीयले चिनेका छन्, न त उनलाई राति वरपर देखिएको थियो । प्रहरीले तालिमप्राप्त कुकुरमार्फत अनुसन्धान सुरु गरिसकेको छ ।
हत्या राति ४ देखि ५ बजेभित्र भएको अनुमान गरिएको छ । घटनाबारे थप तथ्य पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















