काठमाडौं । भारतमा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलिँदै छ । शनिबार मात्रै ३७८ नयाँ संक्रमित थपिँदा सक्रिय केस ६,१३३ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै केरलामा १,९५० केस छन् ।
पछिल्ला ९ दिनमा ३,४२३ नयाँ संक्रमित फेला परेका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० मा मात्र सक्रिय केस २,७१० र मृतक संख्या ७ थियो ।
हाल दैनिक औसतमा ४०० संक्रमित रिपोर्ट भइरहेका छन् र ५–६ जनाको मृत्यु भइरहेको छ । शनिबार केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको ज्यान गएको छ ।
चार नयाँ भेरियन्ट—एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१—दक्षिण र पश्चिम भारतमा भेटिएका छन् । यीमध्ये जेएन.१ हाल सबैभन्दा सामान्य भेरियन्ट बनेको छ ।
डाक्टरहरूले केसहरू गम्भीर नभएको बताउँदै सतर्कता अपनाउन आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टलाई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ ।


विश्व खबर 




















