images
images
  • इजरायलले ग्रेटा थनबर्गको जहाज बीच समुद्रमा कब्जा गर्‍यो

    इजरायलले अन्तर्राष्ट्रिय वातावरण अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता ग्रेटा थनबर्ग र उनको जहाजलाई कब्जामा लिएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान ५ वटा इजरायली स्पिड बोटले जहाजलाई घेर्दै सैनिकहरू चढेर आफ्नो नियन्त्रणमा लिएका हुन्।

    यो जहाज गाजाका जनताका लागि राहत सामग्री लिएर जाँदै थियो। मेडेलिन नामको यो जहाजमा १२ जना सवार छन्। सबै जना इजरायली सेनाको नियन्त्रणमा छन्। अब यो जहाज गाजाको सट्टा इजरायल लगिँदै छ।

    ग्रेटा र उनका साथीहरूले इजरायली सैनिकहरूले आफूहरूलाई अपहरण गरिएको आरोप लगाउँदै भिडिओ जारी गरेका छन्।

    ग्रेटा गाजाका जनताका लागि औषधि, अन्न, बच्चाहरूको लागि दूध, डायपर र पानी शुद्धीकरण गर्ने सामान बोकेर गइरहेकी थिइन्।

    ग्रेटाले आफ्नो रिहाइका लागि आफ्नो परिवार र स्विडेन सरकारसँग गुहार मागेकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images