images
images
  • प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दायर, अर्थमन्त्री पौडेललाई पनि सर्वोच्च जानुपर्ने बाध्यता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चार महिनाभित्र दोस्रोपटक अदालतको अवहेलना मुद्दा दायर गरिएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

    त्रिपाठीले सन् २०७९/०८० को बजेट वक्तव्यको बुँदा नम्बर १९९ लाई सर्वोच्चले रोक लगाएको भए पनि त्यसलाई अहिलेको २०८२/०८३ को बजेटको बुँदा नम्बर ८७ मा दोहोर्‍याएर अदालतको आदेशको उल्लंघन गरिएको आरोप लगाएका छन् ।

    सर्वोच्च अदालतले अघिल्लो फैसलामा खानीजन्य तथा नदीजन्य स्रोतहरूको निर्यातमा रोक लगाउँदै त्यसलाई संविधान तथा वातावरणीय दृष्टिकोणबाट अवैधानिक ठहर गरेको थियो ।

    तर, अर्थमन्त्री पौडेलले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रलाई उत्खनन तथा निर्यातमा सहभागी गराउने नीति समेटिएको छ ।

    रिटमा भनिएको छ, “अदालती आदेशहरू केवल सैद्धान्तिक महत्वका लागि होइन, त्यसको कार्यान्वयन नै यसको सार्थकता हो ।”

    यसअघि माघ २८ मा पनि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको थियो । गिरीबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टासम्बन्धी निर्णयका कारण सर्वोच्चले गम्भीर न्यायिक टिप्पणीसहित फैसला गरेको थियो ।

    साथै, भूमि अध्यादेशसम्बन्धी विषयमा अधिवक्ता ओमप्रकाश अर्यालले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन माग गर्दै मुद्दा दायर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images