लोमान्थाङ उपत्यकाबाट देखिएको हिमशृङ्खला
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको चरन क्षेत्र, सुख्खा पहाड र उत्तरतर्फको पृष्ठ भूमिमा रहेका हिमशृङ्खला । पृथक भू–दृश्य अवलोकन गर्न पाउनु ऐतिहासिक लोमान्थाङको आकर्षण हो ।

चैतेधान
नुवाकोटको शिवपुरी गाउँपालिका – ४, लप्सेस्थित खेतमा किसानले गरेको चैते धान खेती ।

कोचलगाँडे लाटोकोसेरोको जोडी
सुनसरीको इनरुवा नगरपालिका-९ मा देखिएको जोडी कोचलगाँडे लाटोकोसेरो । तीनदेखि पाँच वटा फूल पार्ने यसले रूख वा भवनको प्वालमा गुँड बनाउँछ।

तपस्या धाम
कैलालीको धनगढीस्थित शान्ति बाल उद्यानमा रहेको तपस्या धाम ।

काउले गाउँ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै रहेको बागलुङको काठेखोला गाउँपालिका–५ स्थित काउले गाउँ । यस गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने गर्छ ।

धानको बिउ काढ्दै किसान
भोजपुर नगरपालिका-५ बोखिममा रोपाइँका लागि धानको बिउ काढ्दै किसान । वर्षात सुरु भएसँगै किसानहरु खेतीमा व्यस्त हुन थालेका छन् ।

बिस्तार गरिएपछिको मुग्लिन-पोखरा सडक
मुग्लिन-पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको ब्यास नगरपालिका-५ स्थित सिर्दिमा चार लेनमा बिस्तार गरिएपछिको सडक पृष्ठभूमीमा मादी नदी दमौली बजार र आसपासको दृश्य ।

–तस्बिर : रासस






















