images
images
  • नेपाल टेलिकमकी निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।

    अदालत स्रोतका अनुसार मुद्दा हाल रजिष्ट्रेशन प्रक्रियामा रहेको छ र दर्ता प्रक्रिया सम्पन्न हुन बाँकी छ ।

    अख्तियारले पेश गरेको आरोपपत्रमा टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल पनि प्रतिवादीका रूपमा उल्लेख छन् ।

    पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आरोप लागेपछि उनी निलम्बनमा परेका थिए ।

    त्यसपछि सरकारले २०८१ सालको भदौ महिनामा संगीता पहाडीलाई प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images