images
images
  • संसद्को गतिरोध खुलाउन सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने

    काठमाडौं – सभामुख देवराज घिमिरले संसद्को गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले पौने १२ बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गर्ने भएका हुन् ।

    विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

    सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images