images
images
  • विपक्षी दलले अवरोध गरेपछि आज पनि संसद बैठक स्थगित, भोलि १ बजे बस्ने

    काठमाडौं – प्रतिनिधि सभाको बैठक आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

    भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन् ।

    बैठक सुरु हुनासाथ विपक्षीले उठेर अवरोध गरे । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि उनीहरूले मानेनन् ।

    गृहमन्त्रीले पनि बोल्नको लागि समय मागेको भन्दै बैठक चलाएर सहयोग गर्न सभामुखले आग्रह गरे ।

    विरोध कायमै राखेपछि सभामुखले भोलि १ बजेसम्मलाई बैठक स्थगित गरेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images