images
images
  • संघीय हस्तक्षेपले गण्डकी सरकार पछि हट्यो, राइड सेयरिङ नियमावली स्थगित

    काठमाडौं – संघीय सरकारको हस्तक्षेपपछि गण्डकीमा राइड सेयरिङ नियमावली स्थगित, आजदेखि सार्वजनिक यातायात सञ्चालन

    काठमाडौं । राइड शेयरिङ नियमावली कार्यान्वयनको निर्णयबाट गण्डकी प्रदेश सरकार तत्काललाई पछि हटेसँगै यातायात व्यवसायीले गर्दै आएको आन्दोलन पनि स्थगित भएको छ ।

    संघीय सरकारको हस्तक्षेपपछि राइड शेयरिङ नियमावली एक महिनालाई स्थगित गर्न गण्डकी प्रदेश सरकार तयार भएको हो ।

    सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आन्दोलनका सबै कार्यक्रम स्थगित भएको बताए ।

    आजदेखि सार्वजनिक यातायात सञ्चालन भएको पनि उनले जानकारी दिए । उनका अनुसार थप विवरण आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्रपछि गण्डकी सरकारद्वारा एक महिनालाई नियमावली स्थगित गरेको हो ।

    यो एक महिनामा व्यवसायीसँग वार्तामा बसेर छलफल गर्ने र नियमावली कार्यन्वयनको वातावरण बनाउने बताइएको छ । नियमावली फिर्ता नहुने पनि गण्डकी प्रदेश सरकारले जनाएको छ । राइड शेयरिङ नियमावलीसँगै व्यवसायीहरुले सरकारसँग विभिन्न ६ बुँदामा सहमति गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images