गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद्मै बोलेर जवाफ दिने बताएका छन्।
बुधबार बिहान राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेपछि उनले भने, ‘यस विषयमा म संसद्मै बोलेर जबाफ दिन्छु। समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउन सक्नुहुन्छ।’
आफूलाई संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन पनि उनले समिति सदस्यहरूसँग आग्रह गरे।
गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने भएकोले संसदमै जवाफ दिन चाहेको बताए ।
प्रतिक्रिया दिनुहोस्






















