images
images
  • गृहमन्त्री लेखकले हल्चोक पुगेर विपद् पूर्वतयारीबारे सशस्त्र प्रहरीसँग लिए बिफ्रिङ

    काठमाडौं – गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् ।

    अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक हल्चोक पुगेको मन्त्रालयका शान्ति, सुरक्षा महाशाखाले जनाएको छ ।

    सशस्त्र प्रहरीका अनुसार विगतका कमी कमजोरीबारे समेत छलफल गरेर यसपालि कुनै चुक हुन नदिने गरी तयारी गर्ने विषयमा छलफल भएको छ ।

    सशस्त्र प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री लेखकसहित भएको कार्यक्रममा नेपाल प्रहरीका प्रमुख आइजिपी दिपक थापा पनि थिए ।

    गत वर्ष विपद्का प्रतिकार्यमा काठमाडौँ उपत्यकामै समेत गृह प्रशासनको कमजोरी देखिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images