images
images
  • काँग्रेसका भ्रातृ संस्थाको समयावधि अन्तिम पटकका लागि थप्ने निर्णय

    काठमाडौं – नेपाली काँग्रेसले भ्रातृ संस्थाको अवधि अन्तिम पटकका लागि फेरि थप्ने भएको छ ।

    सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताको बैठकले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि थप्ने निर्णय गरेको छ ।

    सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको तदर्थ समितिको पदावधि थप्ने पक्षमा देखिएकाले निर्णय पनि सोही अनुसार भएको शीर्ष तहका एक नेताले जानकारी गराए ।

    ‘अन्तिम पटकका लागि एक पटक समय थपौँ भन्ने कुरा भएको छ । भंग गर्दा अर्को समस्या आउने उहाँको मनसाय थियो,’ बैठकमा सहभागी ती नेताले भने, ‘निर्देशक समिति र भ्रातृ संस्थाका अध्यक्षलाई बोलाएर पार्टीले तय गरेको कार्यतालिकामा अधिवशेन गर्ने निर्देशन गर्ने मोटामोटी सहमति बनेको छ ।’

    नेताहरूका अनुसार बढीमा असोजसम्मको समय सीमा दिएर अवधि महाधिवशेनन्मुख गराउने निर्णय भएको छ ।

    काँग्रेसका १३ मध्ये पाँचवटाले मात्रै अधिवेशन गरेर निर्वाचित समिति ल्याएका छन् । प्रमुख भ्रातृ संस्थाहरू नेविसंघ, तरुण दल, महिला संघ लगायतले यसअघि तोकिएको समयमा महाधिवशेन गर्न सकेनन् ।

    चैत मसान्तसम्मको समयावधिभित्र अधिवशेन गर्न पार्टीले निर्देशन समिति गठन गरेर निर्देशन दिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images