images
images
  • कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरेको छ ।

    बाँकेमा बसोबास गर्दै आएका सल्यान स्थायी निवासी ६५ वर्षीय रायलाई शनिबार रुपन्देहीको बेलहिया नाका क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार रायले पटक–पटक बैंकको अध्यक्ष भएर काम गर्दा बैंकमा संलग्न बचतकर्ताहरूको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार भएका थिए ।

    उनविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसारको मुद्दामा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images