संखुवासभामा आमाछोरी मृत फेला परेका छन्।
चैनपुर नगरपालिका–११ लुहाकोट बस्दै आएका कृष्णप्रसाद त्रितालकी श्रीमती ४२ वर्षीया सीता खनाल र ७२ दिनकी छोरी आफ्नै घरमा मृत फेला परेका हुन्।
गएको बुधबार दिउँसो घरको सुत्ने कोठाभित्र आमाछोरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
उनीहरुको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्























