images
images
  • सरकारको बजेटमा निजगढ विमानस्थल निर्माण र तीन आन्तरिक विमानस्थलको स्तरोन्नति योजना

    काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन्।

    आवश्यक स्रोत व्यवस्थापन वैकल्पिक विकास वित्त (Alternative Development Financing) को माध्यमबाट गरिने पनि उनले स्पष्ट पारे।

    त्यस्तै, भद्रपुर र टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा सुर्खेत विमानस्थल निर्माणको घोषणा समेत अर्थमन्त्री पौडेलले गरेका छन्। साथै, उडान चाप कम रहेका विमानस्थलहरूको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images