images
images
  • ४५ सार्वजनिक संस्थानमध्ये १६ घाटामा, कुल नाफा घट्दै

    काठमाडौं । हाल देशभर सञ्चालनमा रहेका ४५ वटा सार्वजनिक संस्थानमध्ये १६ वटा संस्थान घाटामा रहेका छन् भने दुई संस्था बन्द अवस्थामा छन्। यससँगै सार्वजनिक संस्थानहरूको समग्र वित्तीय प्रदर्शन चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।

    महालेखा परीक्षकअनुसार, आर्थिक वर्ष २०८०/८१ मा ती संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ०.२२ प्रतिशतले कम हो। यो आय कुल गार्हस्थ उत्पादन (जीडीपी) को ११.५७ प्रतिशत बराबर हो।

    संस्थानहरूको स्वामित्व संरचनाबारे हेर्दा २० वटा पूर्णसरकारी स्वामित्वमा छन् भने बाँकी २५ वटामा सरकारको बहुसंख्यक स्वामित्व छ।

    उक्त वर्षमा सार्वजनिक संस्थानहरूको कुल खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.८८ प्रतिशतले घटेको हो। नाफामा रहेका २८ संस्थानको नाफा पनि ११.५० प्रतिशतले घटेको देखिएको छ।

    यता घाटामा रहेका १६ संस्थानको कुल नोक्सानी भने ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा घाटा ८.६५ प्रतिशतले बढेको छ।

    विश्लेषकहरूका अनुसार सञ्चालन सुधार, नीति स्पष्टता, कर्मचारी क्षमता अभिवृद्धि र बजार प्रतिस्पर्धामा ध्यान नदिएसम्म सार्वजनिक संस्थानहरूको आर्थिक अवस्था थप जटिल बन्ने देखिन्छ।

    नाफामुखी संस्थानको नाफा घट्नु र घाटामुखी संस्थानको नोक्सानी बढ्नुले सरकारका लागि आर्थिक तथा नीतिगत पुनरावलोकन आवश्यक रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images